यस संस्थाको आयोजनामा व्यवसाय प्रर्वद्धन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
यस संस्थाको आयोजनामा व्यवसाय प्रर्वद्धन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
अन्धकारमुक्ति वचत तथा ऋण सहकारी सस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा उद्योग, पेशा, व्यवसायमा आवद्ध सदस्यहरुको व्यवसाय प्रर्वद्घन गर्ने उद्देश्यले यही २०८२ साल वैशाख २६ र २७ गते २ दिने व्यवसाय प्रर्वद्धन तथा अभिमुखिकरण कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपालका सफल व्यवसायी भाटभटेनी सुपर मार्केटका प्रबन्ध संचालक मिन वहादुर गुरुङ रहनु भएको थियो भने प्रमुख अतिथि गुरुङलेले जुनसुकै काम गर्दा पनि ईमान्दारीता, अनुशासन, पारर्दर्शिता, प्रतिवद्धता र त्यागको सिद्घान्त अपनाउने हो भने व्यवसायमा सफलता मिल्ने भनाई राख्दै आफ््नो जिवनमा व्यवसाय शुरुवात र सघर्ष र सफलताका यात्राहरुको चर्चा गर्नु भएको थियो ।
कर्याक्रममा झ्याम्भ्ल कृषि फर्म का प्रोप्राईटर कमला लामाले घरेलु उत्पादनबाट उत्पादित वस्तुहरु कार्यक्रममा प्रर्दशित गर्नु हुंदै आफ््नो सफलताको कथाहरुबाट सहजीकरण गर्नु भएको थियो । कार्यक्रमका सहजकर्ता, सहकारी अभियान्ता, पुर्व नेफ्रस्कून सञ्चालक हाल ग्रामिण उद्यम आधारशिलाका संचालक सन्दीप सापकोटाले सहकारीका माध्यमवाट उद्यमशीलता विकास, वर्तमान चुनौतीहरु, समाधान र सम्भाव्यताका सम्वन्धमा प्रशिक्षण गर्नुभएको थियो कार्यक्रममा कार्यक्रमका प्रमुख समन्वयकर्ता विपी चिन्तन राष्ट्रिय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष, युवा नेता तथा समाजसेवी सन्दीप रानाले देश निर्माणमा युवाहरुको भूमिका विषयमा सहजिकरण गर्नु भएको थियो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा सस्थाका सल्लाहकार भोजेन्द्र प्रकाश ढकालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो भने रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाका महासचिव तथा संस्थाका शेयर सदस्य यूवा व्यवसायी पुरुषोत्तम के.सी र व्यवसायी विवेक पौडेलले आःआफ्नो जिज्ञासा तथा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको ध्यये, परिकल्पना, अभियान र लक्ष्यलाई सार्थक वनाई एक सभ्य समाज निमार्णको महान संकल्प मुर्त रुप दिन तथा सदस्यहरुको पेशा व्यवसाय,उद्योगहरुको प्रर्वद्धन तथा संरक्षण र दिगो तथा रणनीतिक विकासका लागि सफल व्यवसायिहरुको सफलताको कथा वाट थप उर्जा मिल्नेछ भन्ने अभिप्रायले यस कार्यक्रमको आयोजना गरीएको वताउनुभयो । उहाँले पारिवारीक सम्वन्ध, पेशामा आवद्धता तथा सामाजिक पक्ष यी ३ पक्षहरुको सफलतावाट नै मानिस सुखि र खुशी हुने वताउनुभयो । अध्यक्ष देवकोटाले स्थानिय स्रोत र साधनको प्रयोग र रोजगारीको सृजना हुनेगरी कसैले कुनै व्यवसाय वा उद्योग सञ्चालनको प्रस्तावनाको खाका संगै आएमा उक्त उद्योग, व्यवसाय सँग संम्वन्धीत तालीम र स्थापना तथा सञ्चालनका लागी आवश्यक पँुजि लगानीको प्रवन्ध समेत यस सस्थाले गर्ने वताउनुभयो ।
कार्यक्रममा पुर्व प्रधानमन्त्री कार्यलयका प्रेश सल्लाहकार, बाह्रखरी डट कम.का सम्पादक तथा अध्यक्ष प्रतिक प्रधान, बाह्रखरी डट.कम का म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर आचार्य, विभिन्न पेश,व्यवसाय तथा उद्योग मा आवद्ध शेयर सदस्य, अन्धकारमुक्ति साकोस सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति र कर्मचारी सहित ९२ जना सहभागी भएको उत्त कार्यक्रममा सस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट शुरु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव ओम प्रकाश वस्यालले गर्नुभएको थियो ।
संस्थाले सोही अवसरमा सदस्यहरुलाई गैडाकोटमा अवस्थित एन.सी. एग्रेटेक इन्ड्रस्टीज प्रा.ली सँगै त्यस क्षेत्रका प्रर्यटकीय क्षेत्रको अवलोकन समेत गराएको थियो ।